Header Ads Widget

ताजा

6/recent/ticker-posts

बागमती बाहेक अरु प्रदेशमा दर्ता रहेको सवारी साधनको नविकरण काठमाडौमा

नारायणी अञ्चलको वा अन्य कुनै पनि अञ्चलमा दर्ता भएको नम्बर प्लेट भएको सवारी साधनको नविकरण काठमाडौँबाट गर्न मिल्छ वा मिल्दैन? 

काठमाडौँ बसोबास गरिरहेका तर बाहिर अञ्चलमा दर्ता रहेको सवारी साधन प्रयोग गरिरहेका सवारी धनीहरुले प्रायजसो सोधिरहने प्रश्न हो यो ।  यसको सिधा उत्तर मिल्दैन वा नगर्नुस् वा गर्नु हुँदैन भन्ने हो ।


यातायात व्यवस्था कार्यालयहरु अब प्रदेश सरकार अन्तरगत गईसकेका छन् । प्रत्येक प्रदेशहरुले आ-आफ्नो प्रदेश यातायात ऐन जारी गरिसकेका छन् । प्रदेश पिच्छेकै यातायात ऐनमा सवारी करको दरहरु, कर बुझाउने अवधि तथा सो अवधि नाघिसकेपछि लाग्‍ने जरिवानाको दरहरु पनि फरक फरक छन् ।

बागमतीमा दर्ता भएका उही क्षमताका सवारी साधनको कर, अवधि तथा जरिवानाको दरहरु अरु प्रदेशले तोकेको भन्दा भिन्न हुन सक्छन् ।



बागमती प्रदेशबाट प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५  तथा त्यसको पहिलो संशोधन २०७६ समेत जारी भई सकेको छ । त्यस्तै प्रदेश आर्थिक ऐन २०७७ समेतले यातायात क्षेत्रका धेरै नियमहरु निर्धारण गरिदिएको अवस्था छ ।

प्रदेश अन्तरगत याताायत व्यवस्था कार्यालयहरु समायोजन भएपछि अब प्रत्येक यातायात व्यवस्था कार्यालयहरुले आफ्नो प्रदेश भित्र दर्ता भएका सवारी साधनहरुको मात्र कर लिई नविकरण जनाईदिनु पर्छ । त्यसकारण प्रत्येक सवारी धनीले अब आफ्नो सवारी साधन दर्ता भएको प्रदेश भित्र नै कर/नविकरण वापतको रकम बुझाइ नविकरण गर्नुपर्छ ।

हाल कर्मचारीहरु, सेना/प्रहरीहरु जस्ता सरकारबाट नै खटिएका व्यक्तिहरुको अन्य प्रदेशमा दर्ता भएका सवारीसाधनको समेत  सवारी धनी स्वयं जिम्मेवार हुने गरी व्यवहारिकता हेरेर वागमती प्रदेशमा कर बुझेर नविकरण गरी पठाइदिने गरेको पाइएको छ ।

काठमाडौँमा बसोबास गरिरहेका कतिपय सवारीधनीहरु कर तिरी नविकरण गर्नका लागि दर्ता भएको प्रदेशमा जान असहज महशूस गरी जसरी भएपनि काठमाडौँमा नै तिरेर उम्कन चाहिरहेका छन् । अझ यस्तो कार्यका लागि असम्बन्धित व्यक्तिहरुलाई लगाएर हुन्छ वा यातायात कार्यालयको प्रमुखलाई अनुरोध गरेर हुन्छ की भनी अनेक यत्‍न पनि गरिरहेका पाइन्छन् ।

एउटा प्रदेशमा तिर्नु पर्ने कर/नविकरण वापतको रकम अर्को प्रदेशमा तिर्दा जोखिम समेत हुन सक्छ । आफुले तिरेको कर ब्लूबुकमा जनाई लैजाँदा पनि सोही दिन भुलबश रसिद रद्द गरिदियो भने तपाईको करप्रिन्टमा सो कर रकम बुझाएको देखिँदैन । करप्रिन्टमा नदेखिदा तपाईले तिरेको होइन भन्ने अर्थ लाग्छ । अर्को प्रदेशको भएको कारण त्यसको छानविन पनि गर्न सहज हुँदैन । त्यस्तो अवस्थामा आफुले तिरीसकेको करको जरिवानासमेत गरी पुनः तिर्नु पर्ने भयो भने त्यो उपयुक्त हुँदैन ।

त्यसकारण, अब जुन प्रदेशमा दर्ता भएको सवारी साधन हो त्यही प्रदेशमा नै कर भुक्तान गरी नविकरण जनाई बस्‍नु नियमसंगत र सुरक्षित हुन्छ । यस्ता कामका लागि असम्बन्धित व्यक्तिहरुलाई अनावश्यक रकम तिरेर नठगिनु नै बुद्धीमानी हुन्छ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः